हाम्रो बारेमा

About Digital e-palika

परिचय

निन्जा इन्फोसिस् प्रा. ली. सूचना प्रविधि र यससंग सम्बन्धित वस्तु तथासेवाहरुको उत्पादन र प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना कम्पनी हो। निन्जा इन्फोसिस् प्रा. ली. विशेषतः सूचना प्रविधिको प्रयोग मार्फत निजी , सरकारी तथा गैर सरकारीसंघ/संस्थाहरुको कार्य सम्पादनलाई सजिलो, प्रभावकारी र सुरक्षित राख्न सफ्टवेयरहरुको उत्पादन, प्रबद्र्धन र निर्माण गर्दै आएको एक प्रतिष्ठित कम्पनी हो। ग्रामिण तथा शहरी क्षेत्रमा स्थापना भएका निजी, सरकारी र गैर सरकारी सङ्घ/संस्थाहरुको समस्यारुलाई नजिकबाट अध्ययन, अनुसन्धान र सम्बन्धित समुहहरुसंग छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरी समस्याको पहिचान गर्दछ। त्यस पश्चात कार्यालयको काम कार्बाहीलाई चुस्तदुरुस्त बहुउपयोगी, प्रयोगकर्ताका दृष्टिकोणबाट सजिलो तथा संस्थाका तथ्यांकहरुलाई सुरक्षित राख्न सक्ने सफ्टवयेर र सिस्टमको निर्माण गर्दछ। यस कम्पनीले विशेष गरी हालसम्म सबै प्रदेशमा आफ्नो सेवा विस्तार गरेको छ।

Aim of Digital e-palika

लक्ष्य

आधुनिक सूचना प्रविधि र परिवेशलाई सुहाउँदो सिस्टम सफ्टवयेर निर्माण गरी सेवाग्राहीहरुलाई सरल, सुरक्षित, भरपर्दो आई. टी. सेवाहरु एवं परामर्शहरु उचित मुल्यमा वितरण गरी सन्तुष्टि दिनु नै हाम्रो मुख्य लक्ष्य हो।

Purpose of Digital e-palika

उद्देश्य

हाम्रो उद्देश्य भनेको डिजिटल नेपाल बनाउन सहयोग गर्दै गुणस्तरीय सेवा प्रदान गर्नु हो। प्रतिस्पर्धात्मक बजारमा हामी हाम्रा ग्राहकहरुलाई सफल र सहज मार्गनिर्देशन गर्दै दैनिक कृयाकलाप लाई प्रविधिको भरपुर प्रयोग गरी छिटो, छरितो र भरपर्दो बनाउने हाम्रो उद्देश्य हो ।